श्रावण ५, २०८२ सोमबार July 21, 2025

भारतको महाराष्ट्रस्थित एक गाउँमा भीषण पहिरोः १६ को मृत्यु, पहिरोमा दर्जनौं फसेको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको पश्चिमी राज्य महाराष्ट्रको एक गाउँमा गएको भीषण पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने दर्जनौं फसेको आशंका गरिएको छ ।

रायगड जिल्लामा गएको पहिरोमा धेरै घरहरू पुरिएका छन् । भीषण वर्षाका कारण अवरुद्ध भएको उद्धार कार्य सुरु भएको छ ।

अधिकारीहरूका अनुसार प्रकोप स्थल पहाडको माथि कठिन भूभागमा रहेकाले उद्धार कार्यमा कठिनाई भएको छ ।

भारतका अधिकांश राज्यहरूमा विगत दुई सातादेखि भारी वर्षा भइरहेको छ, जसले बाढी र पहिरो निम्त्याएको छ। भारतको मौसम विभागले रायगड जिल्ला सहित महाराष्ट्र राज्यका केही भागमा आगामी केही दिनसम्म भारी वर्षा जारी रहने जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया