श्रावण ५, २०८२ सोमबार July 21, 2025

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या नेपाल भ्रमणमा आउँदै

च्या २५ सदस्यीय टोलीसहित महत्त्वपूर्ण राजनीतिक भेटवार्ताका लागि भोली नेपाल आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदै छ। चिनियाँ विदेश विभाग प्रमुख लिउ च्यनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो।

नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या नेपाल आउन लागेका हुन्। च्या २५ सदस्यीय टोलीसहित महत्त्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदै छन्।

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छिन्। चिनियाँ विदेश विभागकी कूटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छन्।

शनिवार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन्। च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ। आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ।

नेपालमा भारत र अमेरिकी नेताहरूको भ्रमण बाक्लिएपछि चिनियाँ नेताहरूको नेपाल आउने क्रम बढ्दो छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया