श्रावण ५, २०८२ सोमबार July 21, 2025

युक्रेनद्धारा रुसको रेल स्टेशन लगायतमा ड्रोन आक्रामण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनले रुसी सहरमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट युक्रेनले रूसी गोला बारुद डिपोलाई विस्फोट गराएको थियो, जसले क्षेत्रमा अराजकता पैदा गरेको छ ।

यसअघि रुसले युक्रेनको विभिन्न क्षेत्रमा गोली हानाहान गरेको थियो । रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । जवाफमा युक्रेनले ड्रोन आक्रमण गरेको हो ।

विदेशी सञ्चारमाध्यमका अनुसार युक्रेनी ड्रोनले क्रिमियाको ओक्ट्याब्रस्की सहरको रेलवे स्टेशन नजिकै ड्रोन हमला गरेको थियो। जसका कारण पुरै आकाश कालो धुवाँले ढाकेको थियो ।

क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले शनिबार ड्रोनले हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको बताए। आक्रमणले ५ किलोमिटरको दायरा भित्र रहेका सबैलाई बाहिर निकालेको थियो। रेलवे स्टेशन नजिकै आक्रमण भएको हुनाले यसका कारण धेरै रेलहरू पनि अवरुद्ध हुन पुगेका छन । यद्यपी अहिलेसम्म कसैको हताहतीको जानकारी आएको छैन ।

साथै, खार्किभको वेलिकी बुर्लुकमा एक ३० वर्षीय पुरुष घाइते भएका छन्। खार्किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनिहुबोभले युक्रेनी लडाकुहरू कुप्यान्स्क वरपरको क्षेत्रमा दृढतापूर्वक प्रवेश गरेको बताए।

विदेशी सञ्चारमाध्यमका अनुसार उता रुसले भने शनिबार खार्किभ क्षेत्रको कुप्यान्स्क सहरमा आक्रमण गरेको थियो । गोली लागेर ५७ वर्षीया वृद्धाको मृत्यु भएको छ । यसबाहेक रुसी सेनाले पनि ड्भोरिचना सहरमा गोली चलाएको थियो। यहाँ ४५ वर्षीय नागरिकको मृत्यु भएको छ । तर, एक वृद्ध अस्पतालमा भर्ना भएर जीवनको लडाइँ गरिरहेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया