श्रावण ५, २०८२ सोमबार July 21, 2025

न्यायिक सुधार विधेयकको विरोधमा इजरायलमा इतिहास कै बिशाल प्रदर्शन

नेतान्याहु सरकारविरुद्ध सरकारको योजना देशको अनुसन्धान प्रणालीमाथि आक्रमण भएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलमा न्यायिक सुधार विधेयकको विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीले र्‍याली निकालेका छन् ।

न्यायिक सुधार विधेयकलाई लिएर यसअघि नै हंगामा भइसकेको छ । विधेयकमा अन्तिम मतदान अर्को हप्ताको सुरुमा हुनै लाग्दा प्रदर्शनकारीहरूले नेसेट नजिकै टेन्ट सिटी स्थापना गरेर बिरोधमा उत्रिएका हुन ।

तेल अभिभ र जेरुसेलममा प्रदर्शनकारीहरूले न्यायिक परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीले चार प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहु सरकारले देशको न्यायिक प्रणालीमा सुधार गर्ने प्रस्ताव ल्याएको छ, जसलाई लिएर शनिबार बिशाल प्रदर्शन भएको हो । विधेयक कार्यान्वयनमा आएपछि सरकारले न्यायाधीश नियुक्तिको अधिकार पाउने छ । विधेयकलाई कानुन बन्न थप दुई मतले पारित गर्नुपर्ने आवाश्यक रहेको छ ।

केही सञ्चारमाध्यमका अनुसार विधेयकका कारण देश दुई घेरामा विभाजित हुन पुगेको छ । र, यो विधेयकले इजरायलको इतिहासमा सबैभन्दा ठूलो विरोध आन्दोलनलाई जन्म दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

इजरायली जनताले नेतान्याहु सरकारविरुद्ध सरकारको योजना देशको अनुसन्धान प्रणालीमाथि आक्रमण भएको आरोप लगाएका छन्। न्यायलयलाई सरकारको नियन्त्रणमा राख्ने नेतान्याहु सरकारको यस्तो कदमले लोकतन्त्र खतरामा पर्ने उनीहरुको भनाई रहदैँ आएको छ ।

नेशनल काउन्सिल अफ यहुदी महिलाकी प्रमुख शीला काट्जले केही समय अगाडि भनेकी थिइन् कि, ‘यो न्यायिक सुधारको बारेमा हुदैँ होइन, यो लोकतन्त्रको बारेमा हो। अदालतहरू पवित्र छन्। अदालतहरू जनताको अधिकारको रक्षाका लागि हुन्छन्, त्यसैले अदालतलाई राजनीतिबाट टाढै राख्नु पर्छ ।’

मिडिया रिपोर्टका अनुसार उता नेतन्याहु सरकारको न्यायिक सुधार नीति अन्तर्गत अदालतको शक्तिमा उल्लेख्य कमी आउनेछ। यो बिधेयक पारित भएमा अदालतको कुनै पनि निर्णयलाई संसदमा बहुमतले परिवर्तन गर्न सक्नेछ । अदालतले संसदले बनाएको कानुनको पुनरावलोकन गर्न सक्ने छैन् । इजरायली संसदमा नेतान्याहुको बहुमत भएकोले उनी अदालतको कुनै पनि निर्णयलाई उल्टाउन सक्षम छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पेस मेकर जडान गर्ने प्रक्रियाबाट गुज्रिरहेका छन्। प्रधानमन्त्रीको कार्यालयले आइतबार बिहान सो जानकारी दिएको हो । नेतन्याहूलाई उनको कार्यालयले डिहाइड्रेसनका कारण अस्पतालमा भर्ना गरिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका देउवानिकट पूर्वपदाधिकारीको चाक्सीबारीमा गोप्य बैठक
२०८२ श्रावण ५, सोमबार
इङ्ग्ल्यान्डले २०२७, २०२९ र २०३१ को विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्ने
२०८२ श्रावण ५, सोमबार
सुनको मूल्य तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम
२०८२ श्रावण ५, सोमबार
संसदीय समितिमा मिडिया काउन्सिल बिधेयक माथी छलफल हुदैँ
२०८२ श्रावण ५, सोमबार
भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने
२०८२ श्रावण ५, सोमबार
रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी
२०८२ श्रावण ५, सोमबार
एमाले केन्द्रीय कमिटीको बैठक आज च्यासलमा बस्दै
२०८२ श्रावण ५, सोमबार