कार्तिक २९, २०८३ आइतबार November 15, 2026

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेता काठमाण्डौंमा

युआन जियान नेतृत्वको २५ सदस्यीय टोलीले ९ साउनसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ । केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जियान नेतृत्वको २५ सदस्यीय टोलीले ९ साउनसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छ ।

टोलीले कार्यबाहक प्रधानमन्त्री नारायणकाजी श्रेष्ठल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछ । निकट भविष्यमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा चिनियाँ नेताहरू काठमाडौं आएका हुन् ।

सीपीसीका नेताहरू निरन्तर काठमाडौं–बेइजिङ आवतजावत गरिरहेका छन् । राजनीतिक संवाद बाक्लो बनाउने नीतिमा देखिएको सीपीसी काठमाडौंमा प्रमुख दलका नेताहरूसँग निरन्तर संवादमा देखिन्छ ।

गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्कँदै गर्दा माओवादी नेताहरूको एउटा टोली बेइजिङ थियो । उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा केही पदाधिकारीसहित ठूलो टोली बेइजिङ गएको थियो ।

यसैबीच चिनियाँ नेताहरूको टोली काठमाडौं आउन लागेकै दिन माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोलीले भारत भ्रमण गर्दै छ । भारतीय जनता पार्टीको निम्तामा उनीहरू आज बेलुकी ५ बजे भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जेपी नाड्डाले भाजपा चिनौँ अभियानअन्तर्गत उनीहरूलाई बोलाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार