श्रावण ५, २०८२ सोमबार July 21, 2025

इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

आयोगविरुद्ध अभद्र भाषा प्रयोग गरी अवहेलना गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पीटीआईका अध्यक्षसमेत रहेका खानविरुद्ध त्यहाँको निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो ।

आयोगले इस्लामावाद प्रहरीलाई मंगलबार खानलाई पक्राउ गरी पेस गर्न निर्देशन दिएको त्यहाँको सञ्चारमाध्यमहरुले बताएका छन् । गत वर्ष अप्रिलमा विश्वासको मत नपाएपछि खान प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । उनीविरुद्ध आतंकवादसहित १५० बढी मुद्दा लगाइएको थियो । सोमबार पाकिस्तानको सर्वोच्च अदालतले अर्को एक मुद्दामा उनलाई जमानत दिएको थियो ।

निर्वाचन आयोगले पहिलेको सूचना र जमानती वारेन्टलाई अवहेलना गरी उपस्थित नभएको आरोप लगाएको छ । आयोगविरुद्ध अभद्र भाषा प्रयोग गरी अवहेलना गरेको आरोप उनलाई छ ।

१० बजे पक्राउ गरी उपस्थित गराउन इस्लामावाद प्रहरीलाई आदेश दिइएकाले उनी आजै पक्राउ पर्नसक्ने बताइएको छ । दुई महिनाअघि खानलाई पक्राउ गरिएपछि पाकिस्तानमा उनका समर्थकले प्रदर्शन गरेका थिए । उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरिएको थियो ।

इस्लामावादको जमान पार्कमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । पछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया