श्रावण १९, २०८३ मंगलबार August 4, 2026

नविनको मौलिक तीज गीत ‘छोरी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : लोक तथा दोहोरी गाएक एवं सर्जक नकुल ढकाल नविनले  हिन्दु नारीहरूको ‘महान्’ पर्व  हरितालिका तीजको अवसरमा नयाँ मौलिक तीज गीत सांङ्गीतिक बजारमा ल्याएका छन् ।

ढकालले करिब एक शताब्दी पहिलाको परिवेशलाई समेटेर सोही पोशाक, रितिरिवाज, संस्कार र चलनचल्तीलाई समेटेर मौलिक गीत ‘छोरी’ (महारानीको माइती यात्रा २) सार्वजनिक गरेका हुन् ।

गत वर्ष सार्वजनिक भएको उनको महारानीको माइती यात्रा नामक गीतको दोस्रो भागको रुपमा सार्वजनिक गीतमा ढकालसँगै पार्वती जिसी, सरस्वती लामिछाने, अस्मिता ढल्लाकोटी र रवि कार्कीले स्वर दिएका छन् ।

नकुल ढकालकै लय शब्द रहेको गीतमा तारानाथ आर्चायको संगीत संयोजन रहेको छ भने नकुल ढकाल, अनु पराजुली, अनिता बस्नेत,ध्रुब जिसी र मेनुका पुनलगायतको अभिनय रहेको छ ।

गीतमा बिहे गरेर दिएकी छोरीलाई घरका मान्छेहरुले तिजमा समेत माइत जान नदिने पुरानो चलन र सामाजिक मूल्य मान्यतालाई उजागर गर्न खोजिएको छ । गितका सर्जक ढकालले तीज गीतको मर्म र धर्मलाई वर्तमानमा सर्जक र कलाकारहरुले दूरुपयोग गररिरहेको गुनासो सम्बोधन हुनेगरी को महत्व र अर्थको बारेमा प्रस्ट्याउन खोजेको बताएका छन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया