श्रावण ५, २०८२ सोमबार July 21, 2025

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सरकारको नेतृत्व नगर्ने, हुन मानेटलाई उत्तराधिकारी बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले दक्षिणपूर्वी एसियाली राष्ट्रमा ३८ वर्षभन्दा बढी समय सेवा गरेपछि अगस्ट २२ देखि कार्यकारी प्रधानमन्त्रीबाट राजीनामा दिने बुधबार बताउनुभएको छ ।

उहाँले आफ्नो जेठो छोरा हुन मानेटलाई सत्ताको बागडोर सुम्पिने पनि बताउनुभएको छ ।

कम्बोडियाको राज्य नियन्त्रित टेलिभिजन (टिभीके) मा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हुन मानेट तीन साताभन्दा बढी समयभित्रै प्रधानमन्त्री बन्नुहुनेछ ।” नेता हुन सेनले प्रसङ्गलाई जोड्दै भन्नुभयो, “कम्बोडियाका राजा नोरोडोम सिहामोनीको नेतृत्वमा पहिलो पटक अगस्ट २१ मा राष्ट्रिय सभाको बैठक बस्ने र हुन मानेटको नेतृत्वमा पाँच वर्षे कार्यकालको नयाँ सरकारले अगस्ट २२ मा शपथ लिनेछ ।”

मुलुकको शान्ति र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्न आगामी शक्ति सङ्क्रमणलाई निरन्तरता दिने बताउँदै उहाँले नयाँ मन्त्रिमण्डलमा युवा र गतिशील नेताहरू रहने बताउनुभयो ।

प्रधानमन्त्री हुन सेनले आफू सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) को अध्यक्ष रहेकाले राजनीतिक शक्ति आफ्नो हातमा रहने बताउनुभएको छ । यद्यपि, उहाँले नयाँ सरकारको नेतृत्वमा हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

आगामी फेब्रुअरी २५ मा हुने सिनेट निर्वाचनपछि ७० वर्षीय हुन सेनले सिनेटको अध्यक्षको पद सम्हाल्ने बताउनु भएको छ । सन् २०२३÷०२८ को नयाँ कार्यकालका लागि १२५ सदस्यीय राष्ट्रिय सभाका लागि आइतबार भएको सातौँ आमनिर्वाचनमा सीपीपीले शानदार जित हासिल गरेपछि उहाँले कम्बोडियाको सरकार र आगामी राजनीतिक यात्राबारे सार्वजनिकरूपमा आफ्नो भनाइ राख्नुभएको हो ।

राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सीपीपीले ७७ लाख ७० हजार मतको ८२.३ प्रतिशत अर्थात् करिब ६४ लाख मत प्राप्त गरेको छ भने प्रिन्स नोरोडोम चक्रवुथको नेतृत्वमा रहेको फनसिनपेक पार्टीले सात लाख १६ हजार ४४३ मत अर्थात् कुल वैध मतको नौ दशमलव २२ प्रतिशत मत प्राप्त गरेको छ ।

निर्वाचनमा पाएको मतका आधारमा सीपीपीले १२० संसदीय सिट जितेको छ भने फनसिन्पेकले बाँकी पाँच सिट जितेको छ ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार