श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको वार्ताका लागि तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक बनेको छ।

चिनियाँ र अफ्रिकी कुटनीतिज्ञसँगको भेटपछि राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको वार्ताका लागि तयार रहेको बताएका हुन्।  पुटिनले यसअघि युक्रेनी सेना युद्धको मोर्चामा रहेकाले शान्ति वार्ताका लागि आग्रह गर्न युद्ध विराम गर्नसमेत कठिन भएको दाबी गरेका छन्।

रुस र युक्रेनबीच यसअघि पनि पटक-पटक वार्ताको प्रयास भएको छ। तर दुवै पक्षको अडानले वार्ता सफल हुन सकेनन्। युद्ध विराममा रुसले नै रुचि नदेखाएको आरोप युक्रेनले लगाउँदै आएको छ।

रुसले युक्रेनले सन् १९९१ कै सीमा क्षेत्रलाई कायम राख्ने दाउमा रहेकाले वार्ता विफल हुँदै आएको दाबी गर्ने गरेको छ। उसले वार्ता सफल बनाउन र युद्ध विराममा जान युक्रेन केही सम्झौतामा तयार हुनुपर्ने बताउँदै आएको छ।

तर युक्रेन भने रुसले अतिक्रमन गरेको र आक्रमण सुरु गरेको भन्दै युद्धको सम्पूर्ण दोष रुसलाई दिँदै आएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार