काठमाण्डौः बंगलादेशमा भयानक विस्फोट भएको छ । राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विष्फोट भएका हुन् । साथै ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको थियो, जसलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो।
ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विष्फोट भएको थियो, जसले घटनास्थलमा हलचल मच्चाएको थियो । खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो ।
अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन् । घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीनतले भवन नजिकै एउटा भ्यान आएको बताए । भ्यान यहाँ एक सेकेण्ड पनि रोकिएन र गुडिरहेको गाडीबाट झोला सडकमा फालेर हिडयो । त्यसको केही समय पछि विस्फोट भएको थियो ।
ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए। जसका कारण ठूला दुर्घटना भने हुन नसकेको बताए । अधिकारीहरूले बमहरूलाई निशस्त्र पार्न पानीको बाल्टिनमा राखे। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया