श्रावण ५, २०८२ सोमबार July 21, 2025

पाकिस्तानको एक र्‍यालीमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो, १ सय जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन् ।

आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन् । आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन । खैबर पख्तुनख्वाको सिमाना अफगानिस्तानसँग जोडिएको छ ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार