श्रावण ५, २०८२ सोमबार July 21, 2025

दक्षिणी लेबनानको शरणार्थी शिविरमा झडप, ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम सङ्गठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अङ्गरक्षकको हत्या गरेको छ ।

जन्द अल–शाम र फताह नामक इस्लामवादी सङ्गठनबीचको द्वन्द्वले आइन अल–हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका प्रशासक रियाद अबो एलेइनले बताएका छन् । शिविर भित्रबाट गोलाबारी अझै बन्द भएको छैन ।

UN reports 11 killed as clashes rock Lebanon Palestinian camp | Arab News

प्यालेस्टाइनको राष्ट्रिय एकतातर्फ अघि बढ्ने प्रयासमा फताह र हमास जस्ता प्यालेस्टाइनका विरोधी सङ्गठनहरू इजिप्टमा मेलमिलाप वार्ताका लागि भेला भए पनि गाजा क्षेत्रमा शासन गर्ने इस्लामवादी सङ्गठन हमासले सन् २००७ मा प्यालेस्टिनी प्राधिकरणबाट तटीय क्षेत्र कब्जा गरेदेखि हिंसात्मक झडप रोकिएका छैनन् ।

सन् २०१७ मा प्रतिद्वन्द्वी गुटहरूबीचको द्वन्द्व रोक्न धेरै प्रयास भए पनि फताह र इस्लामवादी समूहहरू बीच धेरै महिनादेखि निरन्तर लडाइँ भयो भने त्यसमा परी २० जनाले ज्यान गुमाउनका साथै दर्जनौ घाइते भएका थिए । प्यालेष्टिनी समूहले नै शिविरको सुरक्षा गर्ने भएकाले त्यहाँ लेवनानका सुरक्षाकर्मीको कुनै भूमिका हुँदैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार