काठमाडौंः जिल्ला अदालत काठमाडौंको आदेश पुनरावेदनका लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।
जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको भन्दै उनीहरुले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया