काठमाडौं : संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदरवारमा मंगलबार भएको बैठकमा प्रधानन्यायधीशस नियुक्तबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठकले प्रधानन्यायाधीशसबारे टुंगो लगाउने बताए। अर्को बैठक साउन १८ गते बिहीबार बस्नेछ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र उपसभामुख इन्दिरा राना सहभागी थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया