कार्तिक २९, २०८३ आइतबार November 15, 2026

विश्व वातावरण सुविधाबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।

‘लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो । क्याविनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ,’– मन्त्री शर्माले भनिन् ।

सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी, मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

साथै, गाई, भैंसीमा देखिएको लम्की स्कीन रोगबाट पीडित किसानलाई राहत र संक्रमित पशुहरुको उपचारका बारेमा पनि छलफल भएको मन्त्री शर्माले बताईन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार