श्रावण ५, २०८२ सोमबार July 21, 2025

दोहामा अमेरिका र तालिबान प्रतिनिधिबिच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसकेको छ तर पनि अमेरिकी सरकार अफगानिस्तानको तालिबान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ ।

हालै वरिष्ठ अमेरिकी कूटनीतिज्ञहरूको टोलीले तालिवान प्रतिनिधिमण्डललाई भेटेको खबर आएको छ । भेटवार्ता गत जुलाई ३० र ३१ मा कतारको राजधानी दोहामा भएको थियो । बैठकमा अफगान पक्षबाट तालिबानका प्रतिनिधि र प्राविधिक विज्ञहरुको सहभागिता रहेको थियो ।

अमेरिकी टोलीको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गरेका थिए। थोमस वेस्टका अतिरिक्त टोलीमा अफगानिस्तानमा महिला, बालिका र मानवअधिकारका लागि विशेष दूत रिना अमिरी र अफगानिस्तानमा अमेरिकी नियोगका प्रमुख केरेन डेकर थिए। बैठकमा अफगानिस्तानको हित र त्यहाँको मानवीय संकटका बारेमा छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी टोलीले अफगानिस्तानका जनतालाई सहयोग गर्न दुई देशबीचको आपसी विश्वासलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराउन सहयोग संस्थाहरूलाई सहयोग गर्न नैतिक सिद्धान्तहरूमा आधारित सहयोग गर्न आह्वान गरेको छ। अमेरिकाले अफगानिस्तानमा द्रुत रूपमा घट्दै गएको मानवअधिकारको मुद्दामा पनि चिन्ता व्यक्त गरेको छ र तालिबानलाई मिडियामा प्रतिबन्ध, धार्मिक अभ्यासहरूमा कडाइ जस्ता निर्णयहरू फिर्ता लिन आग्रह गरेको छ।

भेटका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानको केन्द्रीय बैंक र अफगानिस्तानको अर्थ मन्त्रालयका अधिकारीसँग पनि वार्ता गरेको थियो र अफगान अर्थतन्त्रमा देखिएका चुनौतीका बारेमा पनि छलफल भएको थियो । अमेरिकाले तालिबानलाई अमेरिका र उसका सहयोगीहरूको सुरक्षामा कुनै खतरा नहुने भन्दै तालिबानलाई आफ्नो वाचाको स्मरण गराएको थियो र सुरक्षाको विषयमा पनि छलफल भएको थियो ।

अमेरिकाले तालिवानद्वारा पक्राउ परेका अमेरिकी नागरिकलाई रिहा गर्न माग गरेको छ । यससँगै अफिम–पोपपी खेतीमा प्रतिबन्ध, लागुऔषध तस्करीलगायतका विषयमा पनि छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार