कार्तिक २९, २०८३ आइतबार November 15, 2026

रौतहटको धर्ना काठमाडौंमा सार्ने संघर्ष समितिको चेतावनी (विज्ञप्ती)

केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउँदापनि कुनै सुनुवाई नभएको भन्दै अब संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः गौर हत्याकाण्ड पीडित संघर्ष समितिले संघर्षका कार्यक्रमलाई रौतहटबाहिर (मधेश प्रदेशका सबै जिल्ला) मा उठाउने र थप सशक्त बनाउने निर्णय गरेको छ। न्यायको लागि केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउँदापनि कुनै सुनुवाई नभएको भन्दै अब संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने समितिको निर्णय छ ।समितिले आज (बुधबार) साँझ एक विज्ञप्ती जारी गर्दै सरकारले आफूहरुको लचकतालाई कमजोरी ठानेको र न्याय प्रक्रिया अघि बढाउनुको सट्टा कानमा तेल हालेर सुतिरहेको भन्दै गहिरो चिन्तापनि व्यक्त गरेको छ ।

गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि सरकारले पीडितलाई न्याय दिलाउनको लागि पहलकदमी नै नलिएको समितिको गुनासो रहँदै आएको छ । सरकार नै पीडितलाई न्याय दिलाउनको लागि उदासिन बनेको उल्लेख गर्दै समितिले सरकारको गतिविधिले अपराधी जोगाउन सक्रिय रहेको भन्ने आशंका बढाएको जनाएको छ ।

सरकारले आफूहरुको संघर्षप्रति सुनुवाई नगरे रौतहटमा जारी धर्ना कार्यक्रमलाई संघीय राजधानी काठमाडौंमा केन्द्रित गर्न बाध्य हुने पनि समितिले चेतावनी दिएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार