श्रावण ५, २०८२ सोमबार July 21, 2025

क्यानडाका प्रधानमन्त्री ट्रुडो र सोफीबीच १८ वर्षपछि सम्बन्धविच्छेद

क्यानडाका नागरिकलाई यो समयमा आफ्ना बालबालिकाको भलाइका लागि गोपनीयतालाई सम्मान गर्न अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गर्नुभएको छ ।

वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उहाँकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको ट्रुडोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । आफ्नो पोस्टमा उहाँले सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उल्लेख गर्नुभएको छ ।

एकअर्काको माया र सम्मानमा कमी नहुने समेत उहाँहरुको भनाइ छ । प्रधानमन्त्रीको पोस्ट श्रीमती सोफीले पनि आफ्नो अकाउन्टमा सेयर गर्नुभएको छ । प्रधानमन्त्री ट्रुडोले क्यानडाका नागरिकलाई यो समयमा आफ्ना बालबालिकाको भलाइका लागि गोपनीयतालाई सम्मान गर्न अपिल समेत गर्नुभएको छ । उहाँहरुका तीन सन्तान छन् ।

इन्स्टाग्राम पोस्टबाहेक प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता एलिसन मर्फीले दम्पतीले अलग हुने निर्णयमा सबै कानुनी प्रक्रियाहरू पालना गरेको जानकारी दिनुभएको छ । जस्टिन र सोफीले २००५ मे २८ मा विवाह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया