मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रपति पुटिन र अफ्रिकी नेताहरू युक्रेनमा वार्ता जारी राख्न सहमत

दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको मिसनमा कोमोरोस, सेनेगल, जाम्बिया, इजिप्ट, रिपब्लिक अफ कङ्गो र युगान्डा पनि सामेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनमा शान्ति मिसनमा संलग्न सात अफ्रिकी देशका नेताहरू वार्ता जारी राख्न सहमत भएका छन् । रुसी अधिकारीले बिहीबार यसबारे जानकारी दिएका छन् ।

क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले रुसको तास समाचार एजेन्सीलाई वार्ता जारी रहने बताए पनि अहिलेसम्म मिति बने एकिन नभएको बताएका छन् ।

दक्षिण अफ्रिकाका अधिकारीहरूले बिहीबार पुटिन र अफ्रिकी शान्ति मिसनले जुलाईको अन्त्यमा सेन्ट पिटर्सबर्गमा भएको रूस-अफ्रिका शिखर सम्मेलनको छेउमा बैठकपछि संयुक्त वक्तव्य जारी गरेका थिए ।

दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको मिसनमा कोमोरोस, सेनेगल, जाम्बिया, इजिप्ट, रिपब्लिक अफ कङ्गो र युगान्डा पनि सामेल छन्। सो विज्ञप्तिमा भनिएको छ नेताहरूले वार्ता जारी राख्न सहमत भएको र रूसी अन्न र मल निर्यातमा प्रतिबन्ध हटाउन पनि अगाडि बढेको जनाइएको छ ।

Putin blames Ukraine for lack of talks as African leaders press for peace |  CNN

अहिलेको ग्रीष्म याम यस्तो वार्ताको दोस्रो चरण थियो । पहिलो जुन १७ मा भएको थियो । पहिले वार्ताका सन्दर्भमा ताष्ट्रपति पुटिनल मस्को कीभसँग वार्ताका लागि खुला रहेको बताएका थिए ।

गत जुनमा अफ्रिकी शान्ति प्रतिनिधिमण्डलले युक्रेन र रुसको भ्रमण गरेको र दश-बुँदे शान्ति योजना प्रस्तुत गरेको थियो । सो योजनाले वार्ता र कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न र दुबै पक्षमा बढ्दो तनाव कम गर्न आह्वान गरेको थियो। सिन्ह्रा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार