श्रावण ५, २०८२ सोमबार July 21, 2025

अमेरिकामा हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आगो निभाउने अभियानका क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ। समाचारअनुसार सो अभियानका क्रममा दुई हेलिकोप्टर ठोक्किएको थियो। तीमध्ये एउटा दुर्घटनामा परेको र अर्को सुरक्षित अवतरण गरेको थियो। दुर्घटनामा हेलिकोप्टरमा सवार तीन जनाकै मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

Men who died in helicopter crash were from Massena and New Jersey | News,  Sports, Jobs - Adirondack Daily Enterprise

राष्ट्रिय यातायात सुरक्षा बोर्डले उक्त दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। क्याल फायरका दक्षिणी क्षेत्रका प्रमुख डेभिड फल्चरले घटनालाई अपूर्णीय क्षति भएको उल्लेख गरेका छन्।

‘हामीले तीन महान व्यक्तित्व गुमायौं। तीन बुबा, तीन श्रीमान, तीन साथी, तीन छोरा,’ उनले भने, ‘छोराछोरीहरूले बाबु गुमाएका छन्।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया