श्रावण ५, २०८२ सोमबार July 21, 2025

युक्रेन माथी रुसको आक्रामण जारी, एक प्रहरी अधिकारीसहित पाँचको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । धेरै देशले दुई देशबीचको यो युद्धलाई शान्त पार्ने प्रयास गरिरहेका छन् । यसै क्रममा रुस युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्न साउदी अरेबियाको जेद्दाहमा छलफल चलिरहेको छ । यति हुँदाहुँदै पनि दुवै देशले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन् ।

यसैबीचमा रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला गरेको छ ।  सो शहरको एक आवासीय भवनलाई लक्षित गरी भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए ।

युक्रेनले आक्रमणको निन्दा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा साधारण आवासीय भवनमा आक्रमण गरेको बताएका छन् । उनीहरुले सोभियत युगको पाँच तले भवनको फुटेज पनि सार्वजनिक गरेका छन् । यस भवनको माथिल्लो तला ध्वस्त भएको छ । आक्रमणपछि उद्धार कार्य जारी छ । आफ्नो पोस्टमा जेलेन्स्कीले लेखेका छन कि भग्नावशेष अझै सफा भइरहेको छ र खोज र उद्धार कार्य जारी छ।

उनले रुसी आतंकलाई रोक्नु पर्ने बताएका छन । युक्रेनलाई सहयोग गर्ने विश्वका सबैले हामीसँगै आतंकवादीहरूलाई परास्त गर्नेछन्। रुसले यस भयानक युद्धमा जे गरेको छ त्यसको लागि उत्तरदायी हुनु पर्नेछ ।

युक्रेनका एक मन्त्री इगोर क्लिमेन्कोले पनि टेलिग्राममा यी आक्रमणहरूको जानकारी दिएका छन्। जसमा पाँच जनाको मृत्यु भएको उनले बताएका छन ।

यसैबीच, दोस्रो आक्रमणमा डोनेट्स्क क्षेत्रका एक उच्च श्रेणीका आपतकालीन अधिकारी मारिएका छन्। यी आक्रमणमा ३१ जना घाइते भएका छन् । जसमा १९ प्रहरी अधिकारी, पाँच उद्धारकर्मी र एक बालक रहेका छन् । पोक्रोभस्क रुसको कब्जामा रहेको डोनेट्स्क सहरबाट करिब ७० किलोमिटर (४३ माइल) उत्तरपश्चिममा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार