असोज १४, २०८३ बुधबार September 30, 2026

१२ करोडका मालिक विश्वकै धनी ‘भिखारी’ घोषित

मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा धनी माग्ने बन्ने युवक हुन् भरत जैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित गरिएको छ ।

मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा धनी माग्ने बन्ने युवक हुन् भरत जैन । उनले सडकमा मागेरै मात्रै पनि दिनको २ हजार देखि २५ सय भारु जम्मा गर्ने गर्छन् । जैनले मुम्बईको छत्रपाटी शिवजी महाराज टर्मिनल रेलवे स्टेसन, आजाद मैदानजस्ता मानिसको आवतजावत बढी हुने स्थानमा निकै वर्षदेखि माग्दै आएका छन् ।

अहिले उनै जैनले राम्रै पैसा जम्मा गरिसकेका छन् । उनको कूल सम्पत्ति ७।५ करोड भारु अर्थात १२ करोड नेपाली रुपैयाँ रहेको छ । उनीसँग मुम्बईमा लगभग दुई करोडको दुई बेडरुम भएको फ्ल्याट छ । यसका साथै उनीसँग थानेमा दुई वटा पसल पनि छ । त्यसको भाडा प्रति महिना ३० हजार भारु आउँछ ।

उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ जुन जागिरेहरूले कमाउनेभन्दा निकै धेरै हो ।

इकोनोमिक टाइम्सका अनुसार भरत जैनले पढेका छैनन् । आफ्नो गर्जो उनले मागेरै टार्ने निधो गरे । उनका सन्तानले भने उनको पदचाप पछ्याएनन् । -एजेन्सी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार