श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्पेनको टेनेरिफ टापुमा भीषण डढेलो, १३ हेलिकप्टर र १५० दमकलले निभाइँदै

टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्पेनको टेनेरिफ टापुमा करिब ८ सय हेक्टर क्षेत्रफल जमिनमा भीषण डढेलो लागेको छ ।

बुधवार आगोका कारण सडक सञ्जालसमेत बन्द भएको थियो । बिबिसिका अनुसार बुधवार बिहान आगोका कारण खालि गरिएका क्षेत्रहरुमा एरेट, चिविसिया, मिडिया मोन्टाना, अजाफोना र लस लागुनेटास लगायतका स्थान छन् ।

Spain battles 'out of control' wildfire on Tenerife

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलवारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताए । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो । क्यान्डेलेरियाका मेयर मारिया कन्सेपसियन ब्रिटोले आगो अन्य नगरपालिकाहरुमा फैलिनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएका छन् ।

अहिले करिव १५० दमकल, १३ विमान र हेलिकप्टरको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन स्पेनिस मिलिटरी इमर्जेन्सी युनिट (युएमई) परिचालन गरिएको छ । ५० सेना पहिला नै सो क्षेत्रमा तैनाथ गरिएको छ ।

युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया