श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अमेरिकामा तीन भारतीयको गोली हानी हत्या, थप अनुसन्धान हुदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको मेरिल्याण्ड राज्यमा एक भारतीय दम्पती र उनका ६ वर्षीय छोरा मृत फेला परेका छन् । श्रीमति र बच्चाको हत्या गरी श्रीमानले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गत शनिबार दिउँसो कर्नाटकका मूलका तीन जनालाई बाल्टिमोर काउन्टीको एउटा घरमा मृत अवस्थामा फेला पारेको र उनीहरुको शरीरमा गोलीको निशान रहेको जनाएको थियो ।

मृत्यु हुनेमा योगेश एच नागराजप्पा (३७), प्रतिभा वाई अमरनाथ (३७) र यश होन्नल (६०) रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमान्–श्रीमती र छोरा रहेको प्रहरीको अनुमान छ ।

बाल्टिमोर सन अखबारले बाल्टिमोर काउन्टी प्रहरीका प्रवक्ता एन्थोनी शेल्टनलाई उद्धृत गर्दै भने, ‘प्रारम्भिक अनुसन्धानले नागराजप्पाले दुई जनाको हत्या गरेपछि आत्महत्या गरेको देखाएको छ।’

शेल्टनले भने, ‘तीनजनाको हत्या भएको देखिन्छ। गोलीको चोटका कारण उनीहरुको मृत्यु हुनसक्छ।’

मंगलबार साँझ परिवारका सदस्यलाई अन्तिम पटक जीवित देखिएको भए पनि त्यसपछि उनीहरु नदेखिए पछि शनिवार साँझ प्रहरीले खानतलासी गरेको थियो । मृत्युको कारण भने प्रमुख चिकित्सा अधिकृतको कार्यालयले पोस्टमार्टम गरेपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

बाल्टिमोर काउन्टीका कार्यकारी जोनी एलेसजेव्स्कीले एक विज्ञप्तिमा भने, ‘यस डरलाग्दो कार्यमा निर्दोष पीडितहरूको क्षतिबाट म गहिरो चोट र दुःखी छु, यस दुखद घटना पछि परिवार र समुदायका सदस्यहरूलाई हामी सक्दो सहयोग गर्नेछौं।’

पीडितहरू वरपरका मानिसहरूबाट खतरामा नरहेको प्रहरीले जनाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार