भाद्र २, २०८३ मंगलबार August 18, 2026

इन्टरनेट–मोबाइल प्रयोगकर्ता जनसंख्याभन्दा बढी देखिए पनि ठुला प्रदायकका ग्राहक घट्दै

नेपाल टेलिकमको हिस्सा ६७ दशमलव ५९ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने इन्टरनेटभन्दा टेलिफोन सेवा प्रदायकबाट प्रदान गर्ने सेवा सहज र सुलभ हुन थालेपछि ठुला इन्टरनेट सेवा प्रदायक (आइएसपी)का ग्राहक घट्न थालेका छन् ।

ठुला इन्टरनेट सेवा प्रदायकले मूल्य बढाए पनि सेवा चुस्त बनाउन नसक्दा ग्राहक ठुला आइएसपीबाट अन्य आइएसपी र मोबाइल इन्टरनेटमा सिफ्ट भएको देखिएको छ । यद्यपि, नेपालमा ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक संख्या भने ह्वात्तै बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको नयाँ आधिकारिक तथ्यांकले नेपालमा इन्टरनेटका उपभोक्ता र मोबाइल फोनका ग्राहक बढेको देखिए पनि ठुला आइएसपीका ग्राहक घटेको देखिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको भाद्र महिनामा प्रकाशन गरेको तथ्यांकअनुसार गत चैतको तुलनामा वैशाखमा ठुला इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहक घटेको देखिएको हो ।

प्राधिकरणका अनुसार ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक एक महिनाको अन्तरालमा १ करोड २० लाखले बढेको छ । प्राधिकरणका अनुसार गत चैतमा २ करोड ७३ लाख ५७ हजार ब्रोडब्यान्ड इन्टरनेट ग्राहक रहेकामा यो संख्या बढेर ३ करोड ९३ लाख २ हजार ४ सय ४८ पुगेको छ । यो भनेको नेपालको जनसंख्याभन्दा १ करोड २ लाखले बढी हो । नेपालमा अहिले जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

नेपालमा अहिले ५ एमबिपिएसभन्दा बढीलाई ब्रोडब्यान्ड मान्ने गरिएको छ । प्राधिकरणका अनुसार नेपाल टेलिकमको चैतमा १ करोड ९६ लाख २० हजार ४ सय रहेकोमा वैशाखमा २ करोड ८ हजार रहेको छ । यसैगरी, एनसेलको ब्रोडब्यान्ड ग्राहक ८८ लाख ८५ हजारबाट ८९ लाख २४ हजार पुगेको छ ।

इन्टरनेट सेवा प्रदायकको भने १ करोड २ लाख ५३ हजारबाट १ करोड ३ लाख ६९ हजार पुगेको छ । ब्रोडब्यान्ड इन्टरनेटको ग्राहक बढे पनि मुख्य कम्पनीका भने ग्राहक घटेका छन् । इन्टरनेटका ग्राहक गुमाउने मुख्य कम्पनीहरूमा वल्डलिंक, डिसहोम, नेपाल टेलिकम, सुबिसु र ब्रोडलिङ रहेका छन् ।

चैतदेखि वैशाखसम्मको एक महिनाको अवधिमा वल्डलिंकका १८ हजार ८ सय ८९ ग्राहक संख्या घटेर ७ लाख ७१ हजारबाट ७ लाख ५२ हजारमा सीमित भएको हो । त्यसपछि डिसहोमले ११ हजार २२, नेपाल टेलिकमले १० हजार २ सय ६२, सुबिसुले ४ हजार ७ सय ५९ र ब्रोडलिंकले २ हजार ५ सय ९६ ग्राहक गुमाएका छन् । डिसहोमको २ लाख ४० हजारबाट २ लाख २९ हजारमा घटेको हो । प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा धेरै नयाँ ग्राहक बनाउनेमा ५ हजार ३ सय १२ ग्राहकका साथ वेब सर्फर पहिलो नम्बरमा रहेको छ ।

दोस्रो नम्बरमा रहेको सिजी नेटले ४ सय ८२ नयाँ ग्राहक बनाएको छ । ठुला इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहक गुमाउँदा समग्र फिक्स ब्रोडब्यान्ड इन्टर नेटको पहुँचसमेत ३७ हजार ७ सय ७८ अंकले घटेको छ । चैतमा २६ लाख ७३ हजार ४ सय ७१ घरपरिवारमा फिक्स ब्रोडब्यान्ड इन्टरनेट पुगेको भए पनि वैशाखसम्म आउँदा घटेर २६ लाख ३५ हजार ६ सय ९३ संख्यामा खुम्चिन पुगेको छ । एक महिनामै इन्टरनेट प्रयोगकर्ताको संख्या २६ हजारभन्दा धेरैले घटेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार गत चैतको तुलनामा वैशाखमा इन्टरनेट प्रयोगकर्ताको संख्या यो दरमा घटेको हो । चैतमा विभिन्न सेवा प्रदायकका वायरलेस, केबल र फाइबर गरी कुल २६ लाख ७३ हजार ४ सय ७१ ग्राहक रहेका थिए । वैशाखमा घटेर २६ लाख ४७ हजार ३ सय ७९ मा सीमित भएको छ । समग्र टेलिफोन प्रयोगकर्ताको संख्या वैशाखमा ३ करोड लाख ८८ हजार रहेको छ । चैतमा यो संख्या ३ करोड ६७ लाख १४ हजार थियो । मोबाइल प्रयोगकर्ताको संख्या भने करिब ६ प्रतिशतले घटेको छ ।

चैतमा कुल ३ करोड ५८ लाख ९१ हजार ७ सय १९ मोबाइल प्रयोगकर्ता रहेकोमा वैशाखमा यस्तो प्रयोगकर्ताको संख्या २० लाख ५४ हजारले घटेको हो । वैशाखमा मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ३८ लाख ३७ हजार ५ सय १३ रहेका छन् । स्मार्ट टेलिकमको लाइसेन्स भने रद्द भएका कारण पनि यो संख्या धेरै देखिएको हो । यसअघि २४ लाख १९ हजारले स्मार्ट सिम राखेर मोबाइल प्रयोग गर्दै आएका थिए । जनसंख्याका आधारमा ९४ दशमलव ८८ प्रतिशतमा मोबाइल ब्रोडब्यान्डको पहुँच पुगेको छ भने ३९ दशमलव ६७ प्रतिशत जनसंख्या फक्स्ड ब्रोडब्यान्डको पहुँचमा छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमको हिस्सा ६७ दशमलव ५९ प्रतिशत रहेको छ भने, एनसेलको ३२ दशमलव ४१ प्रतिशत रहेको छ । ४जी इन्टरनेटको सब्सक्रिप्सनको संख्या नेपाल टेलिकममा १ करोड २६ लाख ७९ हजार १८ पुगेको छ भने, एनसेलको ७१ लाख २ हजार ४ सय ७१ रहेको छ ।

प्राधिकरणका अनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवाको हकमा वल्डलिंकको बजार हिस्सा २८ प्रतिशत छ । टेलिकमको हिस्सा ११ प्रतिशत छ । क्लासिक टेक, भायनेट र सुबिसुको १०/१०, डिसहोमको ९, वेबसर्फरको ६, टेकमाइन्ड्सको ४ तथा ब्रोडलिंक र सिजीको समान २/२ प्रतिशत बजार हिस्सा छ । अन्य आइएसपीको बजार हिस्सा ८ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार