मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गलत सूचना पत्रकारिताको पहिलो पाप हो : पोप फ्रान्सिस

‘शान्तिको आवाजलाई स्थान दिन र अन्य द्वन्द्वजस्तै यस (युक्रेन युद्ध) लाई अन्त्य गर्न सवै पक्ष प्रतिबद्ध हुनेछन् भन्नेमा म विश्वस्त छु ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पोप फ्रान्सिसले जनमतलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएको ‘भ्रामक सूचना’ र भ्रामक समाचारलाई पत्रकारिताको प्रमुख अपराध को संज्ञा दिएका छन् ।

फ्रान्सिसले इटालियाली पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा भने, ‘गलत सूचना पत्रकारिताको पहिलो पाप र गल्ती हो ।’

एक समझदार सञ्चारक मानिने पोपको अङ्ग्रेजीमा अनुवादित अंशमा पोपले ‘पाप शब्दमा फर्केर सञ्चारमाध्यमको चार कुकर्महरूलाई सूचीबद्ध गरेका छन् ।

‘गलत सूचना, जब पत्रकारिताले नराम्रो तरिकाले सूचित गर्दैन वा सूचित गर्दैन, निन्दा (कहिलेकाहीं पत्रपत्रिकामा यो प्रयोग गरिन्छ), मानहानि, जो निन्दा भन्दा फरक छ तर कसैको सम्मानलाई गर्दछ; र चौथो भ्रष्टचारप्रति लालायित हुनु पत्रकारिताका प्रमुख चार गलत कार्य हुन् ।’

‘उदाहरणका लागि, जनमत निर्माण गर्नका लागि भ्रामक समाचार सम्प्रेषण गर्नेहरूको चलखेलप्रति म चिन्तित छु,’ उनले भने ।

‘विशेषगरी युरोपले युक्रेनमा जारी युद्धसँग जुधिरहेको बेला ‘जिम्मेवारीको पुनर्जागरण’ गर्न आग्रह गर्दछु ।

उनले भने, ‘शान्तिको आवाजलाई स्थान दिन र अन्य द्वन्द्वजस्तै यस (युक्रेन युद्ध) लाई अन्त्य गर्न सवै पक्ष प्रतिबद्ध हुनेछन् भन्नेमा म विश्वस्त छु ।’

विश्वका एक अर्ब ३० करोड क्याथोलिक धर्मावलम्बीको सन् २०१३ मा प्रमुख बनेदेखि नै ८६ वर्षीय फ्रान्सिसले सञ्चारकर्मीसँग व्यापक अन्तरक्रिया गर्दै आएका छन् ।

यसै वर्षको सुरुमा डिज्नी प्लस प्रसारण सेवामा ‘कन्भर्सेसन विथ द पोप’ नामक डकुमेन्ट्री सार्वजनिक गरिएको थियो । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार