मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजरायलका विदेशमन्त्रीलाई भेटेको आरोपमा लिवियाका विदेशमन्त्री निलम्बित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन सुरु भएको छ ।  इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।
लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्रीलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको छ ।

प्यालेस्टिनको समर्थक लिबियाले  इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरालका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि विरोध प्रदर्शन भएका छन् ।

Libya's foreign minister suspended after meeting with Israel's chief  diplomat

इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताउनुभएको छ । पछिल्लो समय इजरायलले आफूलाई आधिकारिक रूपमा मान्यता नदिने अरब र मुस्लिम बहुल देशसँग घनिष्ठ सम्बन्ध कायम गर्ने प्रयासलाई जारी राखेको छ ।

यद्यपि लिबियाका तीन प्रान्तको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनु गैरकानुनी भएको बताएको छ ।

संसद्मा सभामुखको कार्यालयले निलम्बित विदेशमन्त्री नजला मङगौसलाई महादेशद्रोहको आरोप लगाएको छ र प्रधानमन्त्री अब्दुल हमिद दबेबाले उनीमाथि  अनुसन्धानको आदेश दिनुभएको छ ।

Libya's foreign minister suspended after meeting with Israel's chief  diplomat

पूर्वनिर्धारित योजनाअनुसार रोम शिखर बैठकका क्रममा लिबियाका विदेशमन्त्रीसँग आफ्नो देशका विदेशमन्त्रीले भेटवार्ता गरेका  इजरायलका एक जना मन्त्रीले गरेका छन् । लिबियाको विदेश मन्त्रालयले चित्रण गरेजस्तो त्यो बैठक अपर्झट आयोजना गरिएको नगरिएको उनले स्पष्ट गरेका छन् । उक्त भेटमा इजरायल र लिबियाबीच सम्बन्ध स्थापना गर्ने तथा लिबियामा रहेका यहुदीको सुरक्षा तथा हित प्रवद्र्धनमा बैठक केन्द्रित रहेको उनले स्पष्ट गरेका छन् ।

यसैबीच, इजरायलको विदेश मन्त्रालयले उक्त भेटवार्ताको खबर सार्वजनिक नगरेको दाबी गरेको छ । विदेश मन्त्रालयलाई हवाला दिँदै प्रकाशन भएका समाचारप्रति उक्त मन्त्रालयले खेद व्यक्त गर्दै  द्विपक्षीय भेटवार्तासम्बन्धी सूचना नचुहाएको दोहो¥याएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार