श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चीनसँगको व्यापार सम्झौताले अपेक्षा पूरा नगरेको इटालीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनसँगको विवादास्पद लगानी सम्झौताले इटालियाली अपेक्षालाई पूरा गर्न नसकेको रोमका उच्च कूटनीतिज्ञले बेइजिङ भ्रमणअघि शनिबार बताएका छन् ।  सन् २०१९ मा अत्यधिक ऋणग्रस्त अर्थतन्त्र इटालीले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा सहभागी हुने औद्योगिक राष्ट्रहरूको जी–७ समूहबाट एक मात्र राष्ट्र बनेको थियो ।

बन्दरगाह, रेलमार्ग र विमानस्थलजस्ता पूर्वाधारमा ठूलो लगानी गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी कार्यक्रमले एसिया, अफ्रिका र युरोपबीचको व्यापारिक सम्बन्ध सुधार गर्ने लक्ष्य राखेको छ । आलोचकहरूले यो योजना बेइजिङको प्रभाव बढाउने ट्रोजन घोडा भएको बताएका छन् । इटालीले यस वर्ष फिर्ता नलिएमा सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुनेछ ।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक आर्थिक मञ्चमा भने, “हामी चीनसँग नजिकबाट काम गर्न चाहन्छौं, तर हामीले निर्यातको पनि विश्लेषण गर्नुपर्छः बेल्ट एन्ड रोड इनिसिएटिभले हामीले आशा गरेको परिणाम दिन सकेको छैन।”

सन् २०२२ मा इटालीले चीनमा १६ अर्ब ५० करोड युरो (१७ अर्ब ८० करोड अमेरिकी डलर) बराबरको निर्यात गरेको छ भने फ्रान्स र जर्मनीको निर्यात क्रमशः २३ अर्ब र १०७ अर्ब युरो रहेको उनले बताए ।

ताजानीले आइतबारदेखि मङ्गलबारसम्म बेइजिङको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्नुका साथै प्रधानमन्त्री जियोर्जिया मेलोनीको योजनाबद्ध भ्रमणको तयारी गर्नेछन् । इटालियन ट्रेजरीका पूर्वप्रमुख अर्थशास्त्री लोरेन्जो कोडोग्नोले भने, “सम्भवतः चिनियाँ अधिकारीहरूसँग सैद्धान्तिक सहमति भइसकेको छ ।”

मेलोनीले चीनको नेतृत्वप्रतिको सम्मानको सङ्केतका रूपमा अक्टोबरको मध्यसम्ममा बेइजिङको राजकीय भ्रमणका क्रममा औपचारिक घोषणा गर्नुहुनेछ तर अन्तिम निर्णय इटालियन संसद्ले गर्ने उनले बताए। मेलोनीका पूर्ववर्ती मारियो ड्राघीले सम्झौतालाई स्थगन गर्दै रणनीतिक महत्वका क्षेत्रहरूमा ठूलो मात्रामा चिनियाँ लगानीलाई रोकेका थिए। एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार