श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ताइवानी राष्ट्रपति इस्वाटिनी भ्रमणमा

साई इङ्गवेनले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागनी गरेका परियोजनाहरूको भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको चारदिने भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो । राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन म्वेनेतर्फ प्रस्थान गर्नुभएको हो ।

ताइपेइ अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति साईले हालैका वर्षहरूमा अधिनायकवादको विस्तार भइरहँदा थपिएका अन्तरराष्ट्रिय चुनौतीहरूको सामना गर्न इस्वाटिनीको साथ र सहयोग जुटाउन आफू त्यसतर्फ जान लागेको बताउनुभएको छ । इस्वाटिनीले सधैं दृढतापूर्वक ताइवानलाई समर्थन गरेर हामीलाई आत्मविश्वास र  हौसला प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

स्वदेश फर्कनु अघि उहाँले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागनी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ । द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लाग्नुभएको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन् ।

पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देश मध्येको एक हो । ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ । सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ । पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार