श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो ।

कतारी समाचार समितिले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोमा जनरल बुर्हानलाई कतारको विदेश मन्त्रालयका राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाईफीले स्वागत गर्नुभएको देखिन्छ ।

जनरल बुर्हान र कतारका शेख तमिम बिन हमाद अल–थानीबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र साझा हितका मुद्दाका साथै सुडानको अवस्थाका बारेमा छलफल हुने सुडानको सत्तारुढ सार्वभौम परिषद्ले एक विज्ञप्ति निकालेर बताएको छ ।

बुधवार अबेर सेना प्रमुख बुर्हानले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सलाई विघटन गर्ने आदेश जारी गर्दै राज्य विरुद्धको विद्रोह,उसले सुडानी नागरिकविरुद्ध गरेका गम्भीर अपराध र देशका भौतिक पूर्वाधारमा नियतवश गरेका तोडफोडलाई दण्डित गर्न त्यसो गरिएको उल्लेख छ ।

खार्तुमको सैन्य मुख्यालय भित्र महिनौंको घेराबन्दीमा बिताएपछि जनरल बुर्हान गत महिना बाहिर निस्केर क्षेत्रीय सहयोगीहरूका साथ र समर्थन जुटाउन विदेश भ्रमणमा छन् ।

गत महिनाको अन्त्यमा, उनले आफ्नो पहिलो विदेश यात्रा सबैभन्दा पहिले इजिप्टको भ्रमण गरेर सबैभन्दा नजिकको सहयोगी एवं छिमेकी दक्षिण सुडान पुगेका उनले युद्धका प्रारम्भिक दिनमा मध्यस्थताका प्रयास बारम्बार असफल भएपछि कायरो र जुबा हुँदै अहिले दोहाको सहयोग खोजेका छन् ।

यद्यपि संयुक्त राज्य अमेरिका र साउदी अरबद्वारा मध्यस्थता गरिएको धेरै युद्धविराम उल्लङ्घन भएका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले सुडानी शरणार्थीहरूको सङ्ख्या यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनसक्ने चेतावनी दिएको छ ।

सेना प्रमुख बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको ¥यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ ।

यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ ।

केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका  ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि सेना प्रमुख बुर्हान र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ ।

आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुर्हान समूहले लगाएको छ ।

आरएसएफलाई सेनामा समाहित गर्ने विषयमा सेना प्रमुख बुर्हान र आरएसएफ प्रमुख डगालोबीचको मतभिन्नता निरुपण नहुँदा समस्या बल्झेको विश्लेषकहरूले बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार