श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ट्रम्पका बिशेष सहयोगी दोषी ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार पिटर नाभारोले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणको छानबिन गर्ने प्रतिनिधि सभाको समितिलाई सहयोग गर्न अस्वीकार गरेका छन्। जसका कारण उनी कांग्रेसको अवहेलनाको अभियोगमा दोषी ठहर भएका हुन् ।

ह्वाइट हाउसका पूर्व सल्लाहकार स्टिभ ब्याननपछि कांग्रेसको अवहेलनाको आरोपको सामना गर्ने नभारो दोस्रो ट्रम्प सहयोगी हुन्। यसअघि ब्याननलाई दुईवटा मुद्दामा दोषी ठहर गरी चार महिनाको जेल सजाय सुनाइएको थियो, यद्यपि उनी पुनरावेदनमा रिहा भएका थिए।

Trump White House adviser acted 'above the law' in defying Jan. 6  Committee, prosecutors say

न्यायाधीश अमित मेहताले नवारोलाई जनवरी १२ का लागि सजाय तोकेका हुन् । उनलाई वासिङ्टनको संघीय अदालतले कांग्रेसको अवहेलनाको दुईवटा मुद्दामा दोषी ठहर गरेको थियो। यी दुवै मुद्दामा एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

स्मरण होस, अमेरिकी संसद र यसको वरपरको क्षेत्रलाई क्यापिटल हिल भनिन्छ। अमेरिकामा सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता जो बाइडेनसँग हार बेहोरेको थिए । ट्रम्पले आफ्ना समर्थकहरूलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाएका छन् र आफ्ना समर्थकहरूलाई एकजुट हुन अपील गरेका छन्।

यसपछि जनवरी ६, २०२१ मा क्यापिटल हिल क्षेत्रमा करिब दुई हजार मानिस भेला भए र ट्रम्पको उत्तेजक वक्तव्य पछि भीडले क्यापिटल हिलमा आक्रमण गरेको आरोप छ । यस क्रममा ठूलो संख्यामा प्रदर्शनकारी ब्यारिकेड तोडेर अमेरिकी संसदमा प्रवेश गरेका थिए । घटनाको समयमा क्यापिटल हिलमा धेरै ठूला नेता र अधिकारीहरू उपस्थित थिए। तर, सुरक्षाकर्मीले प्रदर्शनकारीलाई क्यापिटल हिलबाट बाहिर निकालेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार