श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्पेनका राष्ट्रपतिलाई कोरोना संक्रमण, जी २० सम्मेलनमा सहभागी नहुने

स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री जी २० बैठकमा सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् ।

जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने  छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एकको पोस्टमा सान्चेजले लेखेका छन, ‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, काेराेना पाेजिटिभ देखिएकाे छ, त्यसैले म जी २०  बैठकको लागि दिल्ली जान सक्दिन। तैपनि मलाई राम्रो महसुस भइरहेको छ।’ राष्ट्रपति पेड्रो सान्चेजको सट्टा अब स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन्।

उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन्। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने जनाएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार