श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मोरक्को भूकम्प अपडेटः मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, १ हजार ४ सयभन्दा बढीको अवस्था गम्भीर

दुर्गम क्षेत्रमा भएको क्षतिको अनुमान गर्न अझै केही समय लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । घटनामा परी घाइते हुनेको संख्या पनि २ हजारभन्दा बढी नै रहेको बताइएको छ ।

मोरक्कोका आन्तरिक मन्त्रीका अनुसार घाइते मध्ये १ हजार ४ सयभन्दा बढीको अवस्था गम्भीर छ । भूकम्पमा माराकेसको दक्षिणमा पर्ने प्रान्तहरुमा बढी मानिसहरुको मृत्यु भएको छ ।

राजा मोहम्मद छैटौंले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । साथै विपद्मा परेर बाँचेकाहरुका लागि खाना, आवास र अन्य आवश्यक सहयोग गर्न आदेश दिनुभएको छ ।

Morocco earthquake death toll surpasses 1,300 as officials fear more  casualties

भूकम्पपछिको दोस्रो रात पनि धेरैजसो मानिसहरुले खुल्ला आकाशमुनी बताएका छन् । स्थानीय समय अनुसार शुक्रबार राति ६ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गरेको हो ।

भूकम्पको केन्द्रविन्दू दक्षिण पश्चिम शहर माराकेसको ७१ किलोमिटर उचाईमा रहेको पर्वतमा रहेको बताइएको छ । भूकम्पको धक्का भने ३ सय ५० किलोमिटर टाढा रहेको राजधानी रबात र यसको आसपासका अन्य शहरहरुमा पनि महसुस गरिएको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकहरुको लोकप्रिय शहर माराकेस भूकम्पले क्षतिग्रस्त भएको छ । पहाडी गाउँमा इँटा, ढुङ्गा र काठका कच्ची घरहरुमा धेरै क्षति पुगेको छ । दुर्गम क्षेत्रमा भएको क्षतिको अनुमान गर्न अझै केही समय लाग्ने बताइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार