श्रावण ६, २०८२ मंगलबार July 22, 2025

खार्तूम हवाई आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी

अप्रिल १५ मा सुरु भएको युद्धमा करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक ‘¥्यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उहाँका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार बिहान गरिएको आक्रमण सबैभन्दा घातक आक्रमण हो ।

“स्थानीय समयअनुसार बिहान ७ः१५ बजे सैन्य विमानले कोउरो बजार क्षेत्रमा बमबारी गरेको थियो,” स्थानीय प्रतिरोध समितिले भनेको छ ।

समितिले ३० जनाको मृत्यु भएको अघिल्लो सङ्ख्यालाई पुनरावलोकन गर्दै क्वोरो बजार नरसंहारका पीडितहरूको सङ्ख्या दिउँसोसम्म ४० पुगेको पुष्टि गरेको छ ।

समितिले नजिकैको बशैर अस्पतालमा हताहत हुनेको सङ्ख्या बढ्दै गएकाले मृत्यु सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

अस्पतालले त्यस क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई ‘तत्काल अपिल’ जारी गर्दै ‘घाइतेको बढ्दो सङ्ख्या’को उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।

सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ मा सुरु भएको युद्धमा करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ । घाइते र मारिएका मध्ये धेरै अस्पतालमा पुग्न नसकेको भन्दै मृत्यु हुने व्यक्तिको वास्तविक सङ्ख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।

धेरै क्षेत्रहरूमा सहज आवतजावत (पहुँच) पूर्ण रूपमा विच्छेद भएको छ र युद्धरत पक्षहरूले आफ्नो क्षतिको घोषणा गरेका छैनन् । युद्ध शुरू भएको झण्डै पाँच महिना बितिसक्दा पनि कुनै पनि पक्षले निर्णायक फाइदा लिन सकेका छैनन् ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार