काठमाण्डौंः उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ ।
नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीर्माकमा तानेको तस्बिरमा देखिन्छ ।
रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुग्न लागेका छन्। सशस्त्र फौजका साथ उनी यात्रामा छन् । राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा छन् । प्रतिरक्षा विश्लेषकहरूका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्याङ्क मिसाइलहरू लिएर रुसबाट उपग्रह र आणविक शक्तिबाट सचालन ह्न पनडुब्बी प्रविधि चाहेको छ । यद्यपि क्रेमलिनले वैश्विक एवं क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ ।
‘उत्तर कोरियालगायत हाम्रा छिमेकीसँग हामीले विकास गर्ने सम्बन्धसँग वासिङ्टनको चेतावनीको कुनै अर्थ छैन दुई देशको हितमा त्यो केन्द्रित हुनेछ,’ वासिङ्टनले युक्रेन द्वन्द्वका लागि उत्तर कोरियाले मस्कोलाई हतियार उपलब्ध गराएमा प्योङयाङले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनीबारेको जिज्ञासको जवाफमा उनले स्पष्ट गरे । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया