श्रावण ६, २०८२ मंगलबार July 22, 2025

युक्रेनी राष्ट्रपति जेलन्सिकी अमेरिकी संसदमा जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता तय भएको छ । रुससँग युद्दरत युक्रेनलाइ सैन्य सहायता दिदै आएको अमेरिकाका राष्ट्रपतिले समकक्षी जेलेन्सिकी बिच हुने भेटघाटलाई महत्वका साथ हेरिएको छ । ्

आगामी बिहीबार हुने सो भेटवार्ताबारे अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइटहाउसले जानकारी दिदै युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाएको छ ।

ह्वाइट हाउसका अनुसार सो क्रममा युक्रेनका समकक्षी जेलन्सिकीले आर्थिक सहायता प्राप्तिका लागि अमेरिकी संसद्को पनि भ्रमण गर्नेछन ।

बाइडेन प्रशासनले अमेरिकी संसद् कंग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्ने प्रस्ताबलाई अनुमोदन गर्नका लागि प्रस्ताव पेश गरिसकेको छ । जसअनुसार सो रकम मध्ये १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोगमा खर्च गर्ने भन्दै वाइडेन प्रशासनले संसदसँग अनुमति मागिरहेको बेला जेलन्सिकीले अमेरिकी संसदको भ्रमण गर्न लागेका हुन ।

तर, वाइडेन प्रशासनले आर्थिक सहयता दिए पनि रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको भने तिब्र आलोचना गर्दै आएका छन, उनीहरुले अमेरिकी सहयोगको उनीहरुले उचित प्रयोग नगरेको भन्दै युक्रेनको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै आएका छन । सम्भवतः रिपब्लिकन पार्टीका यस असन्तुष्टीलाई सम्बोधन गर्नका लागि पनि युक्रेनी राष्ट्रपति भरमग्दुर प्रयास गर्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार