श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुरक्षा परिषद् विस्तारको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिल, जर्मनी र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीबार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्काको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेरबक, जापानका विदेशमन्त्री योको कामिकावा र भारतीय विदेश मन्त्रालयका सचिव ९पश्चिम०, सञ्जय वर्माले परिषद्को विस्तार र सुधारका बारेमा छलफल गरेका हुन् ।

विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद्को अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा जोड दिँदै उनीहरूले स्थायी एवं अस्थायी सदस्य थप्नुपर्ने बताएका छन् ।

“विकासशील देशका भूमिका र सहभागिता बढाउन परिषद्मा अस्थायी र स्थायी दुवै तहमा सदस्यता विस्तार गर्न आवश्यक छ,” बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

परिषद्मा भौगोलिक प्रतिनिधित्व नहुनुलाई ‘ऐतिहासिक अन्याय’ भन्दै उनीहरूले अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन भेगको प्रतिनिधित्व बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधित्व नभएका समूह र क्षेत्रको सहभागिता बढाउनुपर्ने तथा सबै परिषद्लाई लिएर अफ्रिकी देशले प्रस्तुत गरेका साझा अवधारणप्रति चारवटै देशको दृढ समर्थन रहेको जनाएका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार