श्रावण ७, २०८२ बुधबार July 23, 2025

इटालीका पूर्व राष्ट्रपतिको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको निधन भएको छ । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा रोमको अस्पतालमा निधन भएको हो ।

आधुनिक इटालीमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने उनी पहिलो राष्ट्रपति हुन् । उनी  सन् २००६ देखि २०१५ सम्म ९ वर्ष इटालीका राष्ट्रपति रहेका थिए  । उनी सन् २००६ मा राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

त्यस्तै सन् २०१३ मा दोस्रो सात वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए । उनले सन् २०१५ स्वास्थ्य र उमेरका कारण राजीनामा दिएका थिए । उनको स्थानमा वर्तमान राष्ट्रपति सर्जियो माछारेल्ला नियुक्त भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया