काठमाडौंः वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु मा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ ।
अन्य १५० जनाभन्दा बढी घाइते छन् । मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा यो घटना भएको हो । पटाका पड्काएपछि आगो लागेको अनुमान छ ।
इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् । इराकको समाचार एजेन्सी निनाले घटनास्थलको फोटो सार्वजनिक गरेको छ । सामाजिक सन्जालमा आगोले क्षति पुर्याएका तस्वीरहरु सार्वजनिक भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया