मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैन : जो वाइडेन

बाइडेनले रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न आह्वान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अमेरिका र युक्रेन बीचको बढ्दो निकटता कसैबाट लुकेको छैन । यतिबेला अमेरिकामा शट डाउनको संकट छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ ।

अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् । अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित भएको केही समय पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार भनेका थिए कि म अमेरिकी र युक्रेनीहरूलाई आश्वासन दिन चाहन्छु कि तपाईं हाम्रो समर्थनमा भरोसा गर्न सक्नुहुन्छ। हामी पछि हट्ने छैनौं । बाइडेनले रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन्।

उनले अगाडी यो पनि भने कि मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन्। हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौं।

राष्ट्रपति बिडेनले सदनका सभामुख केभिन म्याकार्थीले युक्रेनलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्ने अपेक्षा गरेका छन् । युक्रेन अहिले आक्रामकता र क्रूरता विरुद्ध लडिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार