श्रावण ७, २०८२ बुधबार July 23, 2025

२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ । ती ड्रोन र मिसाइल इरानद्वारा निर्मित हुन् ।

मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुन: सुरु गरिरहेको किएभले चेतावनी दिएको छ । गत वर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौँ मानिस पानी र तातोबिना बस्न बाध्य भएका थिए ।

“गए राति रुसी अतिक्रमणकारीहरूले ३१ वटा साहेद (मानवरहित हवाई अस्त्र) र एउटा इस्कान्दर–के क्रुज मिसाइलले आक्रमण गरे”, उक्त मिसाइल र २९ वटा ड्रोन खसालेको उल्लेख गर्दै युक्रेनको वायु सेनाले भन्यो ।

दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको निप्रोपेट्रोभस्कका जिम्मेबार फौजले उक्त मिसाइल र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ ।

Russia fires 30 cruise missiles at Ukrainian targets; Ukraine says 29 were  shot down | The Seattle Times

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसै साता युरोपेली युनियनसमक्ष रुसका साथै रुसी सेनालाई ड्रोन क्षेप्यास्त्र आपूर्ति गर्ने इरानमाथिको प्रतिबन्धलाई फराकिलो बनाउन आग्रह गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार