मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बेलायती महारानीलाइ मार्न खोज्ने भारतीय मुलका ब्यक्तिलाई ९ वर्ष जेल सजायँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ ।

जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन । यसपछि उनलाई जेलमा राखिनेछ ।

डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र उनको नजिक पुगे । प्रहरी अधिकारीहरूले एक युवक हातमा धनु र बाण लिएर उभिरहेको देखे। उनलाई प्रहरीअधिकारीहरूले किन यहाँ आएको भनेर सोधे पछि उनले महारानीलाई मार्न आएको बताए।

समाचार अनुसार जसवंत सिंह छेलले  ‘स्टार वार्स’ सिरिजबाट प्रेरित भएर हत्या गर्ने निर्णय गरेका थिए ।

जसवंत सिंह छैलले सोशल मिडियामा एक भिडियोमा भनेका छन् कि उनले पञ्जाबको अमृतसरमा १९१९ को जलियावाला बाग नरसंहारको बदला लिन यो काम गरेका थिए । सजायको आदेश पछि आफ्नो तर्कको व्याख्या गर्दै न्यायाधीशले भने, ‘यो कार्य २०२१ मा कल्पना गरिएको थियो, जब उनी (जसवन्त सिंह छेल) मानसिक रूपमा फिट थिए।’

महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर २०२२ मा ९६ वर्षको उमेरमा निधन भईसकेको छ । गत महिना जसवंत सिंहले राजपरिवार र राजा चार्ल्स तेस्रोसँग पत्रमार्फत माफी मागेका थिए । अदालतका अनुसार जसवंत सिंह राम्रो परिवारबाट आएका हुन्। उनका बुबा एयरोस्पेसमा सफ्टवेयर सल्लाहकार हुन्, उनकी आमा शिक्षक हुन् र उनका जुम्ल्याहा बहिनीहरू हाल अध्ययन गरिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार