श्रावण ७, २०८२ बुधबार July 23, 2025

सिरियाली सैन्य एकेडेमीमा भएको आक्रमणमा ६६ जनाको मुत्यु

सैन्य अधिकारीहरूको दीक्षान्त समारोहपछि हतियारसहितको ड्रोनद्वारा हमला गरिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ ।

उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । हमलामा परेकामध्ये कम्तीमा ६६ जनाको मृत्यु भइसकेको होम्सको चिकित्सा स्रोत तथा सरकारी एफएमहरुले पुष्टि गरेका छन् छन् ।

सिरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूको दीक्षान्त समारोहपछि हतियारसहितको ड्रोनद्वारा हमला गरिएको उल्लेख गरेको छ । सेनाले हमलामा सैन्य कर्मचारी तथा सर्वसाधारण मारिएको तर कति हताहत भए भन्नेबारे विवरण उपलब्ध गराएको छैन ।

66 killed, 190 injured in drone attack on Syrian military academy-Xinhua

हमलामा महिला तथा बालबालिका पनि घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सिरियाली सेनाले आक्रमणकारीको पहिचान गर्न नसकेको भए पनि ‘ज्ञात अन्तर्राष्ट्रि पक्षहरूको समर्थनप्राप्त आतङ्ककारी’ समूहले गरेको भन्दै यसको कडा जवाफ दिने बताएको छ ।

यसैबीच सिरियाका लागि मानवअधिकार अनुगमन संस्थाले उक्त आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । आक्रमणमा सिरियाली रक्षामन्त्री पनि उक्त समारोहमा रहेको सो संस्थाले बताएको छ । आक्रमणस्थलबाट घाइतेहरूलाई एम्बुलेन्सहरूले स्थानीय अस्पतालतर्फ दौडाइरहेको देखिएको पनि उक्त संस्थाले जनाएको छ ।

सिरियाले पछिल्लो समयमा बढ्दो ड्रोन आक्रमणको सामना गर्दै आएको छ । विद्रोही समूहले सरकारी प्रतिष्ठान तथा पूर्वाधारहरूमा आक्रमण गरिरहेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार