श्रावण ७, २०८२ बुधबार July 23, 2025

फ्रान्समा उडुस आतङ्क : सिनेमाघर र रेलमा पनि डर

उडुस फैलिन सक्ने नयाँ सम्भावित स्रोतका कारण मानिसहरू तनावमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय फ्रान्सको राजधानी प्यारिस लगायत अरु शहरमा उडुसको प्रकोप बढेको छ । विगत केही सातादेखि उडुस फेला पर्ने क्रम बढेको स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर उडुसको सङ्ख्या बढ्ने गरेको मार्सेको मुख्य अस्पतालमा कार्यरत कीटविज्ञ जाँ-मिशेल बेरेन्जर बताउँछन्।

प्यारिसमा बस्ने मानिसहरू लामो समयदेखि उडुसको त्रासमा छन्। विगत पाँच वर्षमा १० जनामध्ये एक जनाले उडुसको प्रकोप खेपेको सरकारी तथ्याङ्क छ। अहिले उडुस फैलिन सक्ने नयाँ सम्भावित स्रोतका कारण मानिसहरू तनावमा छन्।

सिनेमाघरमा पनि उडुस देखिएको विवरण प्रकाशित भएको भए पनि पुष्टि भने हुन सकेको छैन। तर , त्यसलाई गम्भीरतापूर्वक लिइएको छ। मानिसहरूले आफूलाई उडुसले रेलमा पनि टोकेको दाबी गरेका छन्। सामाजिक सञ्जालमासमेत उडुस आतङ्कबारे निकै चर्चा हुने गरेको छ। तर, प्रशासन त्यसलाई बेवास्ता गर्ने पक्षमा छैन।

अहिले प्यारिसको स्थानीय प्रशासन र राष्ट्रपति माक्रोँको सरकारले उडुस नियन्त्रणका लागि उचित काम गर्न आह्वान गरेको छ।

सन् २०२४ मा फ्रान्सले ओलम्पिक खेलको आयोजना गर्दैछ । ओलिम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न पनि उठ्न थालेका छन्। उडुसको प्रकोप तथा ओलिम्पिक्स खेल आयोजना हुन लागेका बेला प्यारिसको छविप्रति फ्रान्स गम्भीर बनेको छ।

कसरी बढ्यो उडुसको प्रकोप

विगत दुई-तीन दशकदेखि उडुसको प्रकोप पुनः देखा पर्न थालेको हो। तर त्यो समस्या फ्रान्समा मात्र सीमित नभई अन्यत्र पनि छ।

उडुस फैलिनुमा विभिन्न कारक तत्त्वहरू छन्। तीमध्ये विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग गरी हुने व्यापर , पर्यटन र आप्रवासनजस्ता गतिविधि प्रमुख छन्।  -बीबीसीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार