श्रावण ७, २०८२ बुधबार July 23, 2025

सिक्किम बाढीमा अहिलेसम्म ४१ काे मृत्यु, अझै १०३ जना बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकी १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् ।

इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बंगालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए ।

सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । ती मध्ये सातजनाको शव भर्खरै भेटिएको थियो । सिङताम नजिकै बर्दाङको घटनास्थलमा सेनाका गाडी र पसल खनिएको को छ । खोजी कार्यमा सहयोग गर्न सेनासँग आबद्ध संस्था ट्रिकोलर माउन्टेन रेस्क्यू ९टीएमआर० स्निफर डग र विशेष राडारको थप टोली खटाइएको छ।

पश्चिम बंगालको जलपाईगुडी जिल्लाको टिस्टामा तैरिरहेको मोर्टार छोएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यसपछि प्रहरी, सेना र प्रशासनले विज्ञप्ति जारी गरी कुनै पनि विष्फोटक पदार्थ वा सेनाको हार्डवेयर नजिक जान वा छुन निषेध गरेका छन् । साथै त्यस्तो सामग्री देखिएमा नजिकको प्रहरी चौकीमा जानकारी गराउन पनि भनिएको छ ।

यी सबै बाहेक, केन्द्र सरकारले सिक्किमलाई राज्य आपदा राहत कोषबाट ४४।८० करोड भारतीय रुपैयाँ अग्रिम रकम जारी गर्न अनुमोदन गरेको छ। साथै प्रदेशमा भएको क्षतिको विवरण लिन केन्द्रीय टोली समेत गठन गरिएको छ । एजेन्सीहरूले बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न र सडक सञ्जाल पुनर्स्थापना गर्ने योजना बनाउन सर्वेक्षण पनि गरिरहेका छन्। सिंगताम र बुरदाङ बीचको सडक सञ्जाल पनि सुचारु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार