श्रावण ७, २०८२ बुधबार July 23, 2025

जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच बर्षमा ९७ लाख बालबालिका विस्थापित : यूनिसेफ

४४ देशका चार करोड ३१ लाख बालबालिका छ वर्षमा अर्थात् दैनिक करिब २० हजार बालबालिका विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा ९७ लाख बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले शुक्रबार जानकारी गराएको छ ।

नयाँ प्रतिवेदनमा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१६ देखि २०२१ को बीचमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण घरबाट विस्थापित बालबालिकाको सङ्ख्याको पहिलो विश्वव्यापी विश्लेषण ‘चिल्ड्रेन डिसप्लेस्ड इन अ चेन्जिङ क्लाइमेट’ प्रतिवेदन हो ।

अध्ययनले ४४ देशका चार करोड ३१ लाख बालबालिका छ वर्षमा अर्थात् दैनिक करिब २० हजार बालबालिका विस्थापित हुने गरेको देखाएको छ । जोखिमको सन्दर्भमा, फिलिपिन्स आँधीबेहरीको लागि पहिलो स्थानमा छ र विस्थापित बच्चाहरूको पूर्ण सङ्ख्यामा बाढीको लागि तेस्रो स्थानमा छ । द्वीपसमूहले बनेको यस राष्ट्रमा वर्षेनी औसत २० वटा आँधीबेहरी आउने गरेका छन् ।

उहाँले भन्नुभयो, “विपद्का बेला विस्थापित हुँदा सबैभन्दा बढी पीडा भोग्नेमा बालबालिका पनि पर्छन् ।”

फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले विस्थापित बालबालिकाको जीवन जोखिमबारे भन्नुभयो, “उनीहरू तनावको अनुभव गर्छन्, विद्यालय जाने दिन गुमाउँछन्, बिरामी पर्छन् र शोषण र दुव्र्यवहारको शिकार हुन्छन् ।”

उहाँले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

फिलिपिन्समा आगामी ३० वर्षमा आँधीबेहरीका कारण थप करिब २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ । यो जोखिम देशको समुद्री तटहरू आँधीबेहरीको लागि अति संवेदनशील भएको कारण बढेको छ । यसले घना जनसङ्ख्या भएका शहरहरू जस्तै मेट्रो मनिला,सेबु प्रान्त ( मध्य फिलिपिन्स) र दक्षिणी फिलिपिन्सको दाभाओलाई पनि असर गर्न सक्छ ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार