श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुडान युद्धमा मृत्यु हुनेको सङ्ख्या ९ हजार नाघ्यो

सुडानमा करिब ४३ लाख मानिस विस्थापित भएका छन् भने करिब १२ लाख मानिस सीमा पार विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानको खार्तूमको दक्षिणमा रहेको जबल अवलियामा अर्धसैनिक बलले शनिबार गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारकर्मीहरूले बताएका छन् ।

स्थानीय ‘प्रतिरोध समिति’का अनुसार शहरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको सानो सहरमा ‘सर्वसाधारणको घरभित्र बम खसेको’ छ ।

यो स्वयंसेवी समूह सुडानभरि प्रजातन्त्रसमर्थक प्रदर्शन गर्ने थुप्रै समूहमध्ये एक हो । गत अप्रिल १५ मा सेना र अर्धसैनिक बलबीच युद्ध सुरु भएयता यी समूहले द्वन्द्वमा फसेका मानिसहरूलाई सहयोग गरेका छन् ।

अर्धसैनिक बलहरूले सुडानका प्रतिद्वन्द्वी जनरलहरू बीचको लडाईंबाट पहिले जोगिएका क्षेत्रहरूमा भएको उनीहरूको पछिल्लो आक्रमणमा शहरमा ‘कैयौँ तोप’ प्रहार गरेको जबल अवलियाको समितिले रिपोर्ट गरेको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) कमान्डर मोहम्मद हमदान डग्लोबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध हुँदै आएको छ ।

सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजना (एसीएलईडी)ले अक्टोबरसम्ममा ‘नौ हजारभन्दा बढी मृत्यु’ रेकर्ड गरिएकोे शुक्रबार जानकारी गराएको छ ।

यस लडाईंका कारण सुडानमा करिब ४३ लाख मानिस विस्थापित भएका छन् भने करिब १२ लाख मानिस सीमा पार विस्थापित भएका छन् ।

हालैका हप्ताहरूमा, हिंसा अझ दक्षिणतिर सरेको छ, जसले राजधानीको दक्षिणमा अल जजिरा राज्यमा आश्रय लिएका तीन लाख ६६ हजारभन्दा बढी मानिसहरूको कमजोर सुरक्षालाई थप खतरामा पारेको छ ।

राजधानीबाट २०० किलोमिटर दक्षिणमा पर्ने खार्तूम र जजिरा राज्यको राजधानी वाड मदनीबीचको सडकमा आरएसएफले चेकप्वाइन्ट स्थापना गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

लाखौं मानिस फसेको खार्तूममा पनि युद्ध सुरु भएयता एक दिन पनि राहत मिलेको छैन ।

शहरको उत्तरी भागका प्रत्यक्षदर्शीहरूले शनिबार फेरि ‘हवाई आक्रमण’ र सडक आक्रमण भएको जानकारी दिएका छन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार