श्रावण ७, २०८२ बुधबार July 23, 2025

इरानका राष्ट्रपतिद्वारा हमास नेतासँग कुराकानी

इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारवाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गर्नुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

“राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ”, थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ ।

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए । इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा  बढीलाई बन्धक बनाएको बताएको छ । गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार छ ।

इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारवाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ । “यो विजयी कारवाहीले यहुदीहरूको शासनको पतनलाई सहजता र गति दिनेछ तथा यहुदीहरूको आसन्न विनाशलाई पूरा गर्ने प्रतिज्ञा गर्दछ”, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली अकबर भेलायतीले भन्नुभयो, “म यो विशाल र रणनीतिक विजयलाई शुभकामना दिन्छु जुन यस क्षेत्रका सबै सम्झौता गर्नेहरूका लागि गम्भीर चेतावनी हो ।”

इरानले गत जुनमा हमास र इस्लामिक जिहादका नेताहरुको वार्ताको आयोजना गरेको थियो । त्यतिबेला इरानी राष्ट्रपति रइसीले अधिनस्थ क्षेत्रहरू मुक्त गर्न खोज्ने युवा प्यालेस्टिनीहरूलाई निरुत्साहित गर्ने उद्देश्यले इजराइलले धेरै अरब र मुस्लिम देशसँगको सम्बन्धलाई सामान्यीकरण गर्न खोजिरहेको बताउनुभएको थियो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार