श्रावण ७, २०८२ बुधबार July 23, 2025

इजिप्टमा दुई इजरायलीको गोली हानी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजिप्टको अलेक्जान्ड्रिया सहरमा दुई इजरायली पर्यटक र उनीहरूका इजिप्टियन गाइडलाई गोली हानी मारिएको छ ।

इजरायली विदेश मन्त्रालयका अनुसार आइतबार बिहानको आक्रमणमा अर्का इजरायली घाइते भएका थिए, जसलाई मन्त्रालयले स्थानीयले गोली हानेर मारेको बताएको हो । तर, इजिप्टका अधिकारीहरूबाट तत्काल कुनै पुष्टि भने गरेका छैनन् ।

तर निजी एक्स्ट्रा न्युज टिभी च्यानलले पोम्पीको स्तम्भ भनेर चिनिने पुरातन रोमन साइटको भ्रमण गर्ने समूहमाथि गोली चलाएको उल्लेख गरेको छ ।

आक्रमणकारीले आफ्नो व्यक्तिगत हतियार प्रयोग गरेर सुरुमा फायर गर्यो अनि धमाधम गोली हान्यो, एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै सो च्यानलले भनेको छ । गोली प्रहार गर्नेलाई तत्काल घटनास्थलबाट पक्राउ गरी हिरासतमा राखिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको आक्रमण पछिको फुटेजमा कम्तिमा दुई व्यक्ति पुरातात्विक स्थलमा जमिनमा मारिएको देखिन्छ।

इजरायली विदेश मन्त्रालयले इजिप्टका अधिकारीहरूसँग इजिप्टका नागरिकहरूलाई जतिसक्दो चाँडो इजरायल फर्काउन काम गरिरहेको बताएको छ।

धेरैले प्यालेस्टाइनी हमास समुह र इजरायल बिचको युद्धको ‘साइड इफेक्ट’को रुपमा इजिप्टमा दुई इजरायली मारिएको बताएको छ तर त्यसको स्वतन्त्र पुष्टी भने भएको छैन । प्रहरीले गोली हान्ने अपराधीसँग सोधपुछ गरिरहेको समाचारमा जनाईएको छ ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार