श्रावण ७, २०८२ बुधबार July 23, 2025

अमेरिकाले इजराइललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हमासको आक्रमणपछि अमेरिकाले इजराइलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।

“इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौँ, मेरो विचारमा आज यसबारेमा तपाईँले अझ धेरै थाहा पाउनुहुनेछ”, ब्लिङ्केनले सीएनएनसँग भन्नुभयो, “हमासबाट भएको इजराइलमाथि आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति (जो बाइडेन) को निर्देशन थियो ।”

दशकौँमा भएको पछिल्लो सङ्घर्षमा इजराइली पक्षमा छ सयभन्दा बढीको मृत्यु भएको सरकारी प्रेस कार्यालयले जनाएको छ । त्यस्तै कम्तीमा गाजामा कम्तीमा तीन सय ७० मारिएको गाजा अधिकारीहरूले जनाएका छन् । सङ्घर्षमा दुवै पक्षका गरी हजारौँ घाइते भएका छन् ।

“धेरै अमेरिकी मारिएको हामीलाई रिपोर्ट प्राप्त भएको छ, हामी त्यसको पुष्टि गर्न अथक काम गरिरहेका छौँ, साथै अमेरिकीहरू हराएको पनि समाचार छ, हामी त्यसको पुष्टि गर्न काम गरिरहेका छौँ”, विदेशमन्त्री ब्लिङ्केनले भन्नुभयो । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार